जनमत साँसदका श्रीमान जसपा नेपालमा



काठमाडौँ, चैत ९ । डा. सीके राउतको नेतृत्वमा रहेको जनमत पार्टीबाट लुम्बनी प्रदेश सांसद रहेकी सीता गुरुङका श्रीमान् जसपा नेपाल प्रवेश गरेका छन् ।

सांसद सीताका श्रीमान कैलाश गुरुङ आज जसपा नेपाल प्रवेश गरेका हुन् ।

जसपा नेपालले आज लुम्बनी प्रदेशको भैरहवामा आयोजना गरेको कार्यक्रममा गुरुङ जसपा नेपाल प्रवेश गरेका हुन् ।

गुरुङसँगै जनमतका अर्का केन्द्रीय सदस्य निलम यादव पनि जसपा नेपाल प्रवेश गरिन् । उनीहरूको नेतृत्वमा अन्य पार्टीका नेताहरू पनि आफ्नो पार्टीमा प्रवेश गरेका जसपा नेपालका महासचिव रामकुमार शर्माले जानकारी दिए ।

नवप्रवेशीहरूलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् ।

प्रकाशित मिति: २०८१ चैत्र ९, शनिबार १६:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको