जनकपुरधाम–जलेश्वर सडक अवरुद्ध



जनकपुरधाम, चैत १० । जनकपुरधाम–जलेश्वर सडक अवरुद्ध भएको छ । सो सडक खण्डको पर्सामा विग्ही नदीमा बनाइएको डाइभर्सन खोलाले बगाए पछि आवत जावत अवरुद्ध भएको छ ।

सो ठाउँको पुल जिर्ण बनेपछि नयाँ पुल निर्माणको काम हुँदै आएको थियो । तर नदीमा एक्कासी बाढी आएपछि सो डाइभर्सन बगाएको छ । बाटो सूचारु गर्ने प्रयास गरिए पनि अहिले सम्म बाटो सूचनारु हुन सकेको छैन् ।

बाटो अवरुद्ध भएपछि जनकपुरधाम–जलेश्वर सडक खण्ड भएर सानो तथा छोटो दु्रीका सवारी साधन चल्न सकेको छैन् । जनकपुरधाम घर भई जलेश्वरका विभिन्न कार्यालयमा काम गरिरहेका कर्मचारीहरुलाई घर फर्कन कठिनाई भएको छ ।

प्रकाशित मिति: २०८१ चैत्र १०, आईतवार १७:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको