ओली, देउवा र प्रचण्ड आज भेटदै



जनकपुरधाम, चैत ११ । राजावादीहरूले राजसंस्था व्युत्याउने अभियान तीब्र पारेका बेला तीन दलका शीर्ष नेताहरू आज भेटन थालेका छन ।

सत्ता राजनीतिका कारण लामोसमयदेखि टाढिएका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट तय भएको हो ।
तीन नेताबीच सोमबार अपराह्न ४ बजे सिंहदरबारमा भेट्ने समय तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा राजावादीहरुको पछिल्लो आन्दोलन , सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन सम्बन्धि बाँकी काम लगायतकोृ विषयमा छलफल हुने बताइएको छ।

यसअघि चैत ६ गते तीन शीर्ष नेताको बैठक बस्ने तयारी भएपनि माओवादी अध्यक्ष प्रचण्ड तराई(मधेस जागरण अभियानका लागि काठमाडौँबाहिर गएपछि भेट हुन सकेको थिएन।

 

प्रकाशित मिति: २०८१ चैत्र ११, सोमबार ०८:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको