सडकमा जग्गा छाड्न धाकधम्की



मनोज माझी
राजविराज, चैत १३ । बाटो बिस्तारको नाममा आफूलाई मात्र हानी नोक्सानी हुने गरी जग्गा छाड्न अनावश्यक दबाव र दुःख दिन थालिएको भन्दै एक महिलाले न्यायका लागि आग्रह गरेकी छिन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा स्थित महुकी विचला टोलकी ४५ बर्षीया ललिता साहले यस्तो आग्रह गरेकी हुन् ।

बुधबार टोलमै संचारकर्मीहरुसीत आफ्ना कुरा राख्ने क्रममा उनले आफ्नो नम्बरी जग्गाबाट एकलौटी ढंगले बाटो निकाल्नका लागि छिमेकी सियाराम साह, देवकी साह, वडाध्यक्ष कर्णदेव चौधरीका साथै प्रहरी समेतले जग्गा छाडिदिन पटक पटक दवाव दिन थालेको गुनासो गरिन् । श्रीमान् सागर वैदेशिक रोजगारीका क्रममा बाहिर रहेको समयमा आफ्नो नम्बरी जग्गाबाट मात्र बाटो निकाल्ने भन्दै एकतर्फी हानी नोक्सानी पु¥याउन खोजेको र आफू सहमत नहुँदा पटक–पटक प्रहरी समेत लगाई दवाव र धम्की दिन थालेको उनले दुखेसो पोखिन् ।

उनी आफ्नो जग्गाको अग्रभागमा रहेको कित्ता नम्बर ९७० को ९ धुर तथा पछाडी भागमा रहेको ६ कठ्ठा १० धुर जग्गामा घर, गोठ र बगैचा बनाएर बसोवास गर्दै आएकी छिन् । बाटोको लागि आफू जग्गा दिन तयार रहेको तर, आफूले दिए जति जग्गा दाहिने तर्फका संधियारहरुले पनि दिएमा आफूलाई थोरै क्षति पुग्ने उनको भनाई छ ।

यही कुरा राख्दा नमानेर आफ्नो जग्गा मात्र छाडिदिन विपक्षीले दवाव दिईरहेकाले आफू तनावमा परेको उनले सुनाईन् । “म बाटो बनाउने कुराको विरोधी होईन, उनले भनिन्–तर, संधियारले पनि मैलै दिए जतिकै जग्गा दिन मन्जुर गर्दा दुवै पक्षलाई कम क्षति हुने कुरा मात्र राखेकी हुँ ।”

वडाअध्यक्ष चौधरीले भने हाल ललिताले छाड्न नमानेको जग्गामा परापुर्वकाल देखि नै गोरेटो बाटो रहेको दावी गरेका छन् । “पचासौं बर्ष देखि उक्त जग्गा हुँदै गोरेटो बाटो रहेको थियो, वडाध्यक्ष चौधरीले भने अहिले व्यवस्थि तगर्न खोज्दा उल्टै टाटीले घेरवार गरि ललिता र उनका आफन्तले बाटो अवरुद्ध गरिदिएका छन् ।”

बाटो अवरुद्ध हुने गरि टाटीले घेरवार गर्दा छरछिमेकलाई आवत जावतमा समस्या भएको भन्दै उनले आफूले सडकका लागि जग्गा छाड्नु भन्दा पनि परापुर्वकाल देखि गाउँलेले प्रयोग गर्दै आएको बाटो खुलाउन मात्र दवाव दिएको बताएका छन् । गाउँलेले भने उक्त विवादबारे कानुन सम्मत र कसैलाई मार्का नपर्ने गरि अविलम्व निकास खोजिनु पर्ने माग गरेका छन् ।

प्रकाशित मिति: २०८१ चैत्र १३, बुधबार १९:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको