रौतहट, चैत १४ । नेकपा एकीकृत समाजवादी पार्टीको माधवनारायण नगर कमिटीको अध्यक्षमा राम नरेश राय सर्वसम्मत निर्वाचित भएका छन्।
माधवनारायण नगरपालिका–७ लौकाहामा आज सम्पन्न एकीकृत समाजवादी पार्टीको दोस्रो नगर अधिवेशनबाट माधवनारायण नगर कमिटी अध्यक्षमा राम नरेश राय सर्वसम्मत निर्वाचित भएका हुन् ।
नेकपा एसको माधवनारायण नगर कमिटी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका राम नरेश राय माधवनारायण नगरपालिका (६ माधोपुरका वडा अध्यक्ष छन् ।
माधोपुरका वडा अध्यक्ष राम नरेश रायको अध्यक्षतामा ४५ सदसीय नेकपा एसको नगर कार्य समिति चएन गरिएको छ।
आफूलाई पार्टीले नगर कमिटीको अध्यक्ष जस्तो गरिमामय पदको दिएको जिम्मेवारीलाई आफूले इमान्दारीका साथ पुरा गर्ने नगर कमिटी अध्यक्ष राम नरेश रायले प्रतिबद्धता जनाएका छन्।
पार्टीको सबै साथीलाई साथमा लिएर एकढिक्का भई सबैको मन जित्ने काम गरेर देखाउने उनले उदघोष गरे ।
पार्टीको लागि आफूले अहोरात्र खटेर काम गर्ने उनले बताए ।
कार्यक्रममा नेकपा एसका महिला नेतृ एवं पूर्व सांसद सरला यादव, केन्द्रीय सदस्य रेवन्त झा लगाएतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।






