जनकपुरधाम, चैत १५ । अभिभावक संघ मधेश प्रदेश समितिले निजी विद्यालयहरुले बर्षै पिच्छे परिवर्तन गरिरहेको पाठ्यपुस्तकमा जनकपुरधाम उप–महानगरपालिकाले थालेको प्रयास स्वागत योग्य रहेको जनाएको छ । । अभिभावक संघ मधेश प्रदेश समितिका सचिव सदाशिव मिश्रले एक प्रेस विज्ञप्ति जारी गरी यस्तो स्वागत गरेका छन् ।
उनले जारी गरेको प्रेस विज्ञप्तिमा निजी विद्यालयवीचको शैक्षिक भिन्नता संगै, पाठ्यपुस्तकका सामग्रीको सममानता अभिभावक र विद्यार्थीहरुको लागि चुनौतिपूर्ण समस्या रहेको उल्लेख गरिएको छ । सचिव मिश्रले भनेका छन्–‘बर्षै पिच्छे नयाँ नयाँ पुस्तकहरु किन्न बाध्य हुनु पथ्र्यो, साथै विद्यालय परिवर्तन गर्दा पनि पुरानो पुस्तक खेर जाने समस्या रहेको छ ।’
विज्ञप्तिमा भनिएको छ–‘जनकपुरधाम उपमहानगरपालिकाको यस निर्णयबाट सबै विद्यालयमा समान पाठ्यपुस्तक लागू गर्ने निर्णय गरेका छन् जसले विद्यार्थीहरूको लागि एक समान शैक्षिक अवसर सुनिश्चित गर्नेछ। जनकपुरधाम उपमहानगरपालिका द्वारा निजी विद्यालयहरुमा विद्यालयले पाठ्यपुस्तकमा एकरूपता ल्याउने निर्णय स्वागत योग्य रहेको हाम्रो ठहर छ । जसको उद्देश्य शैक्षिक गुणस्तरलाई उकास्नु र विद्यालयको पाठ्यक्रममा समानता ल्याउनु हो। यस निर्णयलाई हामी अभिभावक संघ स्वागत गर्न चाहन्छौं। यस निर्णयले विद्यार्थदिखि लिएर शिक्षक र अभिभावकसम्मको लाभ हुने छ। यसले शिक्षकहरूको कार्यप्रणालीलाई सहज बनाउने, पाठ्यक्रमको एकरूपता सुनिश्चित गर्ने र विद्यार्थिको शैक्षिक स्तरलाई उचाईमा पुर्याउने अवसर प्रदान गर्नेछ।’
जनकपुरधाम उपमहानगरपालिकाको यस सकारात्मक निर्णयलाई पूर्ण समर्थन जनाउँछौ साथै यस निर्णयको कार्यान्वयनमा समन्वय र सहयोगका साथ हामी सबैको सहभागिता महत्वपूर्ण हुने अभिभावक संघले विश्वास लिएको छ ।



