राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार



काठमाडौं, चैत १५ । काठमाडौं तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ ।

सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।

सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएको छ

प्रकाशित मिति: २०८१ चैत्र १५, शुक्रबार १३:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको