कुलमान घिसिङको पुनर्स्थापनासम्बन्धी रिट सर्वोच्चमा ‘हेर्न नमिल्ने’मा



काठमाडौं, चैत १७ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा दिएको रिट हेर्न नमिल्नेमा परेको छ ।

कुलमानको रिट निवेदन सुनुवाइका लागि आज (आइतबार) सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा तोकिएको थियो ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई पदमुक्त गर्दै प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १२:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको