प्रधानमन्त्री अ‍ोलीद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सर्वदलीय बैठक आह्वान गरेका छन्। ओलीले साँझ ५ बजे सर्वदलीय बैठक बोलाएका हुन्।

शुक्रबार काठमाडौंमा भएको राजावादीको प्रदर्शन र त्यसपछिका घटनाले यतिबेला राजनीतिक माहोल तातेको छ। आजको बैठकमा यहीँ विषयमा छलफल हुने एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए। आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सभा १२ बज्दासम्म पनि सुरु हुन सकेको छैन। यसअघि पनि कुलमान घिसिङको बर्खास्तीका कारण पटक-पटक संसद अवरुद्ध हुँदै आएको थियो।

आजै सभामुखसँग प्रमुख दलका प्रमुख सचेतकहरूको बैठक भएको थियो। बैठकमा एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका थिए। उनले संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको समेत जानकारी दिए।  सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ।

विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ। बैठकमा सभामुखले दुई दिनअघि भएको तिनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरे। उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन अपील गरे।

अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने उनको भनाइ छ।

प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १३:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको