रास्वपा नेतृत्वमा फर्किए रवि लामिछाने



काठमाडौं, चैत १७ । रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।

उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ । ‘पहिलो बैठकमा कार्यवाह सभापतिज्यूबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्नेगरी पहलिो बैठकको समापन हुनेछ,’ प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लगत्तै दोस्रो बैठक पार्टी सभापतिज्यूको सभापतित्वमा हुनेछ ।’

प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १५:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको