आगलागीबाट सात बिघाको गहुँबाली जलेर नष्ट



कपिलवस्तु , चैत १८। कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ ठुलो सिसहानियामा आगलागीबाट ७ बिघाको गहुँबाली जलेर नष्ट भएको छ । कम्बाइनले एक्कासी खेतमा आगलागी हुँदा १५ जना किसानको ७ बिघामा लगाइएको गहुँबाली जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

करिब २०० क्विन्टल बराबरको गहुँ बाली नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार ठूलो सिसहानिया गाउँको खेतमा गहुँ काट्ने क्रममा आगो लागेपछि सोही आगो १५ जना किसानको गहुँबालीमा सल्किएको थियो ।

आगलागी भएको सूचना पाए लगत्तै प्रहरी चौकी लबनीको टोली आगलागी स्थलमा खटिएको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको स्थानीयले जनाएका छन् ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । स्थानीय महिबुदिन मुसलमान , नैतुल्ला मुसलमान ,हकिकुल्ला मुसल्लमान लगायतको खेतमा आगो लागेको हो ।

प्रकाशित मिति: २०८१ चैत्र १८, सोमबार २०:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको