गरुडा नगर कमिटीको अध्यक्षमा जयमंगल सर्वसम्मत, ४७ सदसीय कमिटी गठन



रौतहट, चैत १९ । जनता समाजवादी पार्टी नेपालको रौतहटको गरुडा नगरपालिकामा नगर कमिटी गठन गरिएको छ। जसपा नेपालको आज सम्पन्न भएको गरुडा नगरपालिकाको नगर अधिवेशनबाट पूर्व वडा अध्यक्ष जयमंगल प्रसाद यादवको अध्यक्षतामा ४७ सदसीय नयाँ नगर कमिटी गठन गरिएको छ।

अधिवेशनले जसपा नेपालको गरुडा नगर कमिटी अध्यक्षमा जयमंगल प्रसाद यादवलाई सर्वसम्मतिले चयन गरिएको छ भने समितिको उपाध्यक्षमा लालबहादुर दास र खुसी सहनीलाई सर्वसम्मतिले चयन गरिएको छ। त्यस्तै समितिको सचिवमा माधो पण्डित, कोषाध्यक्षमा वीरेन्द्र राय यादव लगायत विभिन्न पदमा गरी ४७ सदसीय नयाँ नगर कार्य समिति चयन गरिएको जसपा नेपालका नेता एवं गरुडा नगरपालिकाका मेयर प्रत्यासी अनिल यादवले जानकारी दिएका छन्।

नयाँ पदाधिकारी चुनियकाहरुलाई नगर प्रमुख प्रत्यासी अनिल यादवले पार्टीले दिएको जिम्मेवारी प्रति पूर्ण वफादार रही इमान्दारीपूर्वक पार्टीको हित र पक्षमा काम गर्न सुझाव दिएका थिए।

आगामी २०८४ मा हुने चुनावमा गरुडा नगरपालिकामा जसपा नेपालको मेयर, उपमेयर र पूरै वडा अध्यक्ष जिताउने गरी अहिलेदेखि नै पार्टी संगठनलाई मजबूत गर्ने कार्यमा दृढतापूर्वक लाग्न नेता अनिल यादवले सबैलाई आग्रह गरेका छन्। कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य गोविन्द चौधरी, केन्द्रीय सदस्य एवं पूर्व मन्त्रीद्वय योगेन्द्र राय यादव, शेख फुलबाबु, प्रदेश अध्यक्ष बालकिशोर यादव लगायतका पार्टीका नेताहरुले आ आफ्नो मन्तव्य राख्दै पार्टी संगठनलाई मजबूत बनाउने तर्फ लाग्न सुझाव दिएका थिए।

कार्यक्रममा दलित विकास समितिका मधेश प्रदेश सदस्य एवं युवा क्रान्तिकारी नेता राजकुमार दास, महिला नेतृ रञ्जु दास, माधव नारायणका पूर्व मेयर वीरेन्द्र प्रसाद यादव, लगाएतका नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०८१ चैत्र १९, मंगलवार २२:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको