अर्घ दिन घरकै आङ्गणमा कृत्रिम पोखरी



राजविराज, चैत २१ । पछिल्ला वर्षहरुमा लोकप्रिय बन्दै गएको चैती छठको तेश्रो दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गरिएको छ । यस अवसरमा सदरमुकाम राजविराजको कल्टु भगवती, तुरन्ती, पूर्णी, शिव लगायतका पोखरीमा बनाइएको छठी घाटमा ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । छठ मान्ने सयौंको संख्यामा श्रद्धालु छठ घाटमा भेला भएका थिए ।

चैती छठ मान्नेहरुको संख्यामा निरन्तर बृद्धि हुँदै गएको भगवती मन्दिरका मूल पुजारी दुर्गानन्द मिश्रको भनाई छ । यता राजविराज ८ निवासी सुमित्रा गुप्ताले छठको अर्घ दिन आफ्नै घर आंगनमा कृत्रिम पोखरी बनाएका छन् । उनले घरबाट टाढा पोखरी तथा भिडभाड हुने गरेका कारण घर आंगनमै कृत्रिम पोखरी बनाएर सूर्य उपासनाको पर्व छठमा सहभागि भएको बताएकी छिन् । उनी कोरोना कालदेखी नै यसरी घर आंगनमै छठ पर्व मनाउने गरेकी छिन् ।

उनले परिवारको सुख, शान्ति र इच्छित मनोकांक्षाका लागि कात्तिक महिनामा मनाइने छठ पर्वमा समेत यसरी नै कृत्रिम पोखरी बनाएर सूर्यको पूजा गर्ने गरेको सुनाइन् । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँग चार दिवसीय छठ पर्व सम्पन्न हुने छ ।

प्रकाशित मिति: २०८१ चैत्र २१, बिहीबार २०:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको