सिरहाको घुर्मी खोला किनारमा भेटिएको शव सम्बन्धि घटनामा एक पक्राउ



श्याम ठाकुर
सिरहा, चैत २५ । सिरहा जिल्लाको गोलवजार नगरपालिका वडा न. ९ स्थित घुर्मी खोला किनारमा चैत १२ गते कुहिएको अवस्थामा  फेला परेको शव सम्बन्धि घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिरहा प्रहरीले घटनामा संलग्नता देखिएको भन्दै गोलबजार नगरपालिका वडा नं. ९, गोबिन्दपुर बस्ने २४ वर्षीय विरबहादुर शार्कीलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा उनलाई पक्राउ गरि सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको प्रहरीले जनाएको छ ।  चैत १२ गते घुर्मी खोला किनारमा गाडिएको अवस्थामा गोलबजार नपा ९ बस्ने बेचन अलीको छोरी १३ वर्षीया गुलशना खातुनको शव कुहिएको अवस्थामा फेला परेको िथयो ।

फागुन २९ गते विहान ९ बजेको समयमा घास काटन घर बाट निस्किएकी गुलसना घर नफर्केको भन्दै उनका आमा जेहादा खातुनले चैत १ गते खोज तलाशका लागि गोलबजार इलाका प्रहरी कार्यालयमा निवेदन दिइकी थिइन । तर चैत १२ गते गुलशानाको शव बरामद भए पछि प्रहरीले अनुसन्धान गर्दै जादा उक्त घटनामा संलग्न रहेको भन्दै शार्कीलाई पक्राउ गरेको हो ।

पक्राउ परेको सार्कीले आफनो खेतमा लगाएको मकै जोगाउन सोही दिन बिहान विद्युतीय धराप थापेकोमा केही बेरमा घास काटन गएकी गुलशनाको धरापमा परि मृत्यु भएको प्रहरीले जनाएको छ।  केटी चिच्याएको अवाज सुने पछि हेर्न गएका सार्की त्यहा बालिका को मृत्यु भएको देखे गुलसना ल्याएकी बोरामै उनको शव हालेर आरोपी सार्कीले घुर्मी खोलाको छेउमा गाडेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गुलशनाले घास काटन लगेकी खुर्पी , हसियाँ समेत प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति: २०८१ चैत्र २५, सोमबार १८:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको