जनकपुरधाम, चैत २६ । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेशसभामा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओली सबै प्रदेशको प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम अनुसार मधेश प्रदेशसभामा समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
सभामुख रामचन्द्र मण्डलले आजका लागि सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिएका छन् । उनले कार्यक्रम विहान १० बजे सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्।
सभामुख मण्डलले प्रदेशसभामा रहेको अवरोधपनि त्यसअघि नै हटने बताए। उनले भने–‘छलफल अब निष्कर्षमा पुग्न थालेको छ।






