
जनकपुरधाम, चैत २८ । संघीय खानेपानी मन्त्रालयका मन्त्री प्रदीप यादवका एजेन्टहरु संघीय कार्यालयमा आतंक मचाएका छन् । उनका पीए देखि कार्यकर्ताहरु सम्म संघीय कार्यालयमा योजनाको चिठ्ठीकालागि कार्यालय प्रमुखहरुलाई मानसिक दवाव दिइ रहेका छन् ।
खानेपानी मन्त्री यादवका एजेन्ट एजाज बाबुले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामबाट करिव २० करोडको योजना लिएर १० प्रतिशत कमिसन लिएर बेच्ने गरेको पाइएको छ । उनले धनुषा, महोत्तरी, सिरहा जिल्लाका विभिन्न ११ वटा योजना लिएर १० प्रतिशत कमिसन लिएर पाइए पछि कार्यालय प्रमुखलाई सरुवा गरिएको छ ।



उपभोक्ता समितिबाट गर्न नमिल्ने कामहरु समेत एजाज बाबुलाई लगाएर हाकीमहरुलाई धम्काई करिव ८ करोड बराबरको ११ वटा योजना बिक्री बितरण गरिएकोमा विरोध गरेपछि कार्यालय प्रमुखलाई नै सरुवा गरिएको छ । कार्यालय प्रमुख दीपेन्द्र साहले आफू कानुन विपरीत उपभोक्ता समिति गठन गरी काम गरे भूक्तानी गर्न नसक्ने अवस्था आउन सक्ने भने पछि उनको सरुवा गरिएको छ ।
मन्त्री यादवले कार्यालय प्रमुख साहलाई काठमाडौँ स्थित आफ्ना क्वाटरमा बोलाएर यि योजनाहरु आफ्ना एजेन्टलाई दिन दवाव दिएको स्रोतको दावी छ । कार्यालय प्रमुख साहलाई पटक पटक फोन गरी मानसिक यातना दिएको उनले बताएका छन् ।

मन्त्रीको कुरा नमाने पछि मन्त्रीका निजी सचिव बरुत राज जोशीले पनि धम्काएको कार्यालय प्रमुख साहले गुनासो गरे । उनले करारको इन्जिनियरको म्याद थपेको बिषयमा मन्त्रीले आयोजना प्रमुख साहलाई आफ्नो आवासमा बोलाएर अस्लिल गालीगलोज समेत गरेको स्रोतको भनाई छ ।
मन्त्री यादवका बिचौलीयाले बेचिरहेको विभिन्न ११ योजनाहरु यस प्रकार छन्ः
– जनकपुरधाम खानेपानी आयोजनामा डिप बोरिङ जडान जनकपुरधाम १७ र १८ वडामा १५ लाख ।
– मनरा सिसवा खानेपानी आयोजना मनरा सिसवा नापा महोत्तरी १५ लाख ।
– हैण्डपाइप÷समरसेवल बोरिङ्ग खानेपानी आयोजना मलंगवा–७ सर्लाही १५ लाख ।
– हैण्डपाइप÷समरसेवल बोरिङ्ग खानेपानी आयोजना हरिपूर्वा नपा सर्लाही १५ लाख ।
– डिप ट्युवेल निर्माण सोनमा गाउँपालिका महोत्तरी १ करोड ।
– डिप ट्युवेल निर्माण मनरा सिसवा नपा महोत्तरी १ करोड ।
– औरही, रामगोपालपुर, सम्सी खानेपानी आयोजना महोत्तरी १ करोड ।
– डिप ट्युवेल निर्माण, लालबन्दी नपा–१ सर्लाही १ करोड ।
– डिप ट्युवेल निर्माण, लालबन्दी नपा–२ सर्लाही १ करोड ।
– डिप ट्युवेल निर्माण, लालबन्दी नपा–७ सर्लाही १ करोड ।
– डिप ट्युवेल निर्माण, नरहा गापा सिरहा १ करोड ।