राजविराज, चैत २८ । मारवाडी समुदायका आराध्य देव श्याम बाबाको ५ औं अमृतवर्षा महोत्सव विहिवार देखी सूरु भएको छ । दुई दिवसीय महोत्वसको पहिलो दिन राजविराज स्थित हुनुमान मन्दिरबाट भगवान श्याम बाबाको चित्र सहित निस्केको निशान शोभायात्रा नगरको विभिन्न भागको परिक्रमा पश्चात महेन्द्र क्लबमा पुगी धार्मिक सभामा परिणत भएको थियो ।
निशान यात्रामा सयौ महिला पुरुष सहभागी थिए । श्री बालाजी श्याम भक्त मण्डल राजविराजको आयोजनमा गरिएको श्री श्याम अमृत वर्षा महोत्सवको पहिलो दिन निशान यात्रा, धार्मिक सभा, तथा दोश्रो दिन शुक्रवार भब्य दरबार, अखण्ड ज्योत, आलोकिक श्रृंगार, आलोकिक झाँकी र छप्पन भोग लगायतका धार्मिक कार्यक्रमहरुको आयोजना हुने आयोजक समितिका सदस्य निर्मल मुुन्धडाले जानकारी दिए ।
यस्तै महोत्सवमा रसभरी भजन सन्ध्या, महाप्रसादका साथै भारतको चर्चित लख्दातार म्युजिकल ग्रृुप र इन्दिरा ग्रुपका कलाकारहरुद्वारा भजन, नृत्य तथा आलोकिक झाँकी प्रस्तुत गरिने कार्यक्रम रहेको आयोजक समितिका अर्का सदस्य सुजित अग्रवालले जानकारी दिए ।
महोत्वसमा चर्चित भारतीय कलाकार धीरज सिह राजपुत, राहुल बर्मा, कृष्णा अग्रवालद्वारा भजन र अन्य धार्मिक प्रस्तुती हुने कार्यक्रम रहेको आयोजक समितिका सदस्य हनुमान सिह कुचेडियाले जानकारी दिए । महोत्सवलाई भब्य र सम्य बनाउन महोत्वस स्थल महेन्द्र क्लब र अनुपदास धर्माशालालाई आर्कषक ढंगले सजाइएको छ ।






