वीरगंजमा दुई समुदायबीच झडप, पसलमा तोडफोड र आगजनी



वीरगंज, चैत ३० । हनुमान जयन्तिको अवसरमा वीरगंजमा निकालिएको शोभा यात्राको क्रममा दुई समुदाय बीच झडप भएको छ ।
हनुमानको जन्मजयन्तीको अवसरमा निकालिएको ¥याली इदगाह चौक छप्पैया पुग्नेबित्तिकै झडपमा परिणत भएको हो । झडपका कारण छपकैया चौक तनावग्रस्त बनेको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार हनुमान जयन्तीको ¥याली छप्पैया चोकस्थित इदगाह नजिक पुगेपछि दुई पक्षबीच विवाद सुरु भएको थियो, जसले अन्ततः झडपको रूप लिएको हो ।  झडपको क्रममा केही पसलमा तोडफोड एवं आगजनी समेत भएको छ । सो क्रममा पार्किङ्ग गरि राखिएको केही मोटरसाइकलमा समेत आगजनी भएको छ।

झडप नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार समेत गरेको छ् ।

यद्यपि, झडपको कारण र क्षतिको विवरण लगायत घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ । हाल छप्पैया चोकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ र स्थिति सामान्य बनाउने प्रयास जारी रहेको बताइएको छ ।

 

प्रकाशित मिति: २०८१ चैत्र ३०, शनिवार १७:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको