हरिवन एमालेको नगर अधिवेशन आज, अध्यक्षमा तीन जना आकांक्षी



मलंगवा, चैत ३० । नेकपा एमाले हरिवन नगर कमिटीको तेस्रो नगर अधिवेशन आज सुरु हुँदै छ । हरिवन ११ बासाटोलमा रहेको सरस्वती पार्टी प्यालेसमा आज मध्यान्ह पार्टीका जिल्ला इन्चार्ज एवं सर्लाही क्षेत्र नं. ३ का संघीय सांसद हरिप्रसाद उप्रेतीले अधिवेशनको उद्घाटन गर्ने नगर कमिटी अध्यक्ष सीताराम पोखरेलले जानकारी दिए ।

नगर अधिवेशनका लागि हरिवनको ११ वटा वडाबाट २६८ जना प्रतिनिधि छानिएका छन् । नेतृत्व चयन गर्न मतदान भए तीनै २६८ जना प्रतिनिधिले मत खसाल्ने छन् ।

एमाले हरिवनको आगामी नेतृत्वका लागि अहिलेका अध्यक्ष सीताराम पोखरेलसहित रामप्रसाद घिमिरे र यज्ञविनोद ढुंगेलले आकांक्षा व्यक्त गरेका बताइएको छ । स्रोतका अनुसार पदाधिकारीमा सहमती जुट्ने अवस्था कम रहेकाले लालबन्दीकै झैँ मतदान हुने सम्भावना बढी देखिन्छ ।

आज बेलुकासम्म सहमतीको प्रयास हुने र सहमती जुट्न नसके भोली मतदान गरिने एमाले हरिवन नगर कमिटीले जनाएको छ ।

प्रकाशित मिति: २०८१ चैत्र ३०, शनिवार ०८:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको