समाजलाई विखण्डन गर्ने प्रयास गर्नु हुन्न : नेता महासेठ



जनकपुरधाम, चैत ३१ । राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठले महामानबहरुको शालिक वा स्मृति भवन बनाउने काम समाजले सार्बजनिक रुपमा सार्बजनिक जमिनमा सर्ब सहमतिको रुपमा बनाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसवुकमा लेख्दै महासेठले समाजमा राजनीतिक र सामाजिक रुपमा योगदान पुर्याउनु हुने महापुरुषको सम्झनामा सालिक÷स्मृति भवन निर्माण हुनु राम्रो कुरा हो, हुनु पनि पर्छ तर, सर्वसम्मत रुपमा सामाजलाई विखण्डन नगरि गरिनुपर्ने विचार राखेका छन् ।



उनले ब्यक्तिगत जमिन किन चाहियो? , फेरि कुनै पनि सार्बजनिक पोखरीको डिल कसरी ब्यक्तिगत हुन सक्छ अहिले ?, जनकपुरधामको गंगा सागर आफैमा एउटा इतिहास हो, अर्को एतिहासिक काम अर्को ठाउमा बनाउदा हुन्छ, कि ?, गणतन्त्रको लागि शहादत दिने महामानब स्वःदुर्गानन्द झा जि को सम्झनामा नगराइनको जटही गाउमा बन्न लागेको अस्पताल मा सहयोग गर्दा हुन्छ कि?,

जनकपुरधाममा शालिक र स्मृति भवन नै बनाउने हो भने आदरणीय दुर्गानन्द झा, रामराजा प्रसाद सिंह, गजेन्द्रनारायण सिंह, जनकपुरधामको शिक्षा क्षेत्रमा योगदान पुर्याउनु हुने रामस्वरुप, रामसागर साह वा अन्य महापुरुषहरु को शालिक पनि बनाउने हो कि ? जस्ता प्रश्न सहितका सुझाव दिएका छन् ।

प्रकाशित मिति: २०८१ चैत्र ३१, आईतवार १०:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको