राजविराज, चैत ३१ । जिल्ला प्रहरी कार्यालय सप्तरीले ३ दिनको अवधीमा ७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
चैत्र २८ गते देखी ३१ चैत्र सम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान बाकि रहेका ती ७ जना प्रतिवादीलाई पक्राउ गरेको सुचना अधिकारी डिएसपी जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा लागु औषध मुद्दामा सप्तरी जिल्ला अदालतबाट ३ महिना २७ दिन कैद र २ हजार जरिवाना तोकिएको शम्भुनाथ नगरपालिका ३ का सम्पत लाल चौधरी, काठ चोरी मुद्दाका शम्भुनाथ नगरपालिका ७ का निर्मल दास, दुर्गालाल दास र भीम दास छन । यस्तै लुटपीट मुद्दाका राजगढ गाउँपालिका १ का प्रियान्सु यादव, महेश यादव र कुटपीट मुद्दाका सोही वडाका शिवेन्द्र मरिक छन ।
उनीहरुबाट ३ महिना २७ दिन कैद सजाय र २६ हजार ९ सय ४० रुपैया जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।






