जनकपुरधाम, बैशाख ३ । आफ्ना विभिन्न माग लिएर आन्दोलनरत्त शिक्षकहरुको आन्दोलनमा समाजवादी विद्यार्थी युनियन नेपालले पनि एक्यवद्धता जनाएको छ । समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मनिष कुमार यादवले आज एक विज्ञप्ति प्रकाशित गरी एक्यवद्धता जनाएका छन् ।
जारी विज्ञप्तिमा गत माघ २० गतेदेखि निरन्तर काठमाडौँका सडकमा शिक्षक आन्दोलन चलि रहेको छ र यस आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउन चैत २५गते देखि शैक्षिक हडतालको घोषणा गरिएकोले शिक्षकहरुको माग सरकारले तत्काल वार्ता र सम्वादगरी उहाँहरुका न्यायोचित मागहरुलाई सम्वोध नगरिनुपर्ने उल्लेख छ ।
आन्दोलनरत शिक्षक आन्दोलनमा समाजवादी विद्यार्थी युनियन,नेपाल पनि एक्यवद्धता जनाउँदै आन्दोलन सफलताको कामना समेत गरेको विज्ञप्तिमा भनिएको छ । साथै शिक्षकको मागलाई वेवास्ता गरेमा शिक्षकको अधिकारकालागि उहाँका विद्यार्थी पनि बाध्य भएर आन्दोलनका कार्यक्रमहरु गर्ने बाध्य हुने चेतावनी समेत दिइएको छ ।






