काठमाडौं , बैशाख ५। गृहमन्त्री रमेश लेखकले अहिलेको व्यवस्था र संविधानको रक्षा सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताएका छन्। गण्डकीस्तरीय सुरक्षा गोष्ठीलाई संम्बोधन गर्दै संविधान विरोधी गतिविधि स्वीकार्य हुने बताए।
उनले भने, ‘संविधान विरोधी गतिविधिहरुलाई निस्तेज गर्ने, नियन्त्रण गर्ने कुरामा हामी स्पष्ट र दृढ हुनुपर्छ। मुलुकमा संविधान विरोधी गतिविधि गर्ने, अस्थिरता उत्पन्न गर्ने र अहिलेको संविधानले संघीय लोकतान्त्रिक शासन व्यवस्थाको प्रत्याभूत गरेको छ।’
पूर्वराजाका नाममा वा अरु कुनै नाममा मुलुकमा संविधानलाई समाप्त पर्ने गतिविधि कुनै पनि हालतमा क्षम्य नहुने बताए। उनले यो संविधान धेरै ठूलो बलिदान र त्यागबाट बनेको स्मरण गरे।
उनले यो संविधान संसारको उन्नत लोकतान्त्रिक अभ्यास गरिरहेको कुनै मुलुकको संविधान भन्दा कमजोर नरहेको जिकिर गरे। उनले भने, ‘समसायिक संशोधनहरु हुनसक्छन्, समाज जसरी विकासको बाटोमा अघि बढ्छ। संविधान पनि त्यसै अनुरुप संशोधन हुन्छन्। अग्रगामी ढंगले, पछाडि फर्किनको लागि हुन सक्दैन। त्यसैले हामीले हामी संविधानलाई आवश्यक संशोधन गर्छौँ।’
उनले अहिलेसम्मको संविधानको कार्यान्वयनको सबल र दुर्वल पक्षको मुल्यांकन गरेर राष्ट्रिय सहमतिको आधारमा संशोधन गर्ने बताए।



