‘एकल प्रयोग प्लास्टिक घटाउने सोचका साथ जनकपुरधाममा सामूहिक सरसफाइ कार्यक्रम सम्पन्न’



जनकपुरधाम, बैशाख १४ । युरोपियन यूनियनको सहयोगमा क्रिएशन, रेस्टलेस डेभलपमेन्ट र युथ इनोभेसन ल्याबको साझेदारीमा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजना अन्तर्गत युवा पैरवी समूहका रूपमा आबद्ध कार्ड नेपालले कार्ड नेपालले सिंगल(यूज प्लास्टिक न्यूनीकरण र स्वच्छता प्रवर्द्धनका लागि जनकपुरधाम उपमहानगरपालिका, वडा नं. ४ मा सामूहिक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। यस अभियानमा स्थानीय युवा र समुदायका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

सरसफाई कार्यक्रम क्याम्पस चोक बाट शुरु भइ परिक्रमा सडकमा गएर सम्पन्न भएको छ। बस्तीमा सञ्चालित यस अभियानमा कार्ड नेपालका १६ जना युवा सदस्य र १४ जना स्थानीय बासिन्दाले भाग लिए । उनीहरूले क्षेत्रभरि फोहोर सफाइ गर्दै प्लास्टिक अपशिष्ट छुट्याए र डस्टबिनहरू उपयुक्त स्थानमा राखेकाछन।

कार्यक्रममा सहभागी स्थानीय निवासी रविलाल कर्णले भने,–‘यस्ता अभियानले हाम्रो समुदायमा स्वच्छताको महत्व बुझाउँछ। हामीले आफ्नो दैनिक जीवनमा प्लास्टिकको प्रयोग कम गर्ने बानी अपनाउनुपर्छ।’

अर्का सहभागी सृजना सिंहले सरसफाइलाई दिगो बनाउन आग्रह गर्दै भनिन्,–‘युवाहरूको यो पहल प्रशंसनीय छ। तर हामी सबैले नियमित रूपमा यसलाई अभ्यासमा ल्याउनुपर्छ।’

सरसफाई कार्यक्रममा सहभागी अर्का शैलेन्द्र मल्लिकले यो जगतजन्नी जानकी माता को भूमि छ यसलाई प्लस्टिक मुक्त तथा सफा स्वच्छ राख्ने जिमेवारी हामी सबैको हो र कार्ड नेपालको प्रयासलाई सराहना गरे।

कार्ड नेपालले यसरी युवा नेतृत्वमा पर्यावरणीय जागरूकता बढाउने र प्लास्टिक मुक्तिको अभियानलाई अझ विस्तार दिने योजना बनाएको छ । कार्ड नेपालकी अध्यक्ष अंजु कुमारी यादवले यसैगरी स्थानीय सरकार र समुदायसँग सहकार्य गर्दै स्वच्छता र प्लास्टिक प्रदूषण विरुद्ध अभियान जारी राख्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले यस अभियानमा जुडन चाहनेहरुलाई हृदय देखि स्वागत गर्दै आमन्त्रित गर्न चाहेको बताइन् ।

यस अभियानले जनकपुरधामका बासिन्दाहरूलाई एकल प्रयोग प्लास्टिकको विकल्प अपनाउन प्रेरित गरेको छ भने स्वच्छ सहर निर्माणमा पनि ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ।

प्रकाशित मिति: २०८२ बैशाख १४, आईतवार ०६:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको