मुमुगापामा बालविकास शिक्षकको तलब रोक्का



जनकपुरधाम, वैशाख १५ । मुखियापट्टी मुसहरनीया गाउपालिकाले सामुदायिक विद्यालयमा कार्यरत वालविकास शिक्षकको तलब रोक्का गरेको छ ।

पालिकाको सामुदायिक विद्यालयमा हाल ३७ जना बालविकास शिक्षक कार्यरत रहेपनि संघीय शिक्षा विभागले मुमुगापामा १३ जना बालविकास शिक्षकको कोटा स्वीकृत गरेको एवं शिक्षा विकास तथा समन्वय इकाईले २०७४ सालमा पालिका लाई पठाएको विवरणमा १७ जना वालविकास शिक्षकको कोटा मात्र स्वीकृत देखिएकोले अनुसन्धानको लागि बालविकास शिक्षककको तलब रोक्का गरिएको शिक्षा शाखा प्रमुख वैद्यनाथ यादवले जनाएका छन ।

यादवले सोमवार विज्ञप्तिजारी गरि कोटाभन्दा बढी २४ जना बालविकास शिक्षक हटाउनु पर्ने बाध्यता रहेको र माथि बाटै अनुसन्धान प्रक्रिया शुरु गरिएकोले अनुसन्धान पुरा नहुञ्जेल सम्मको लागि आजैको मिति देखी तलव रोक्का गरिएको जनाएको छ ।

मुमु गापा अध्यक्ष जयकुमार यादवले कोटाभन्दा बढी वालविकास शिक्षकको बारे माथिल्लो निकायबाट अनुसन्धान थालिएको बताउदै अनुसन्धान पुरा नहुन्जेल सम्मका लागि तलब रोक्का गरिएको मधेश टुडेलाई बताएका छन ।

प्रकाशित मिति: २०८२ बैशाख १५, सोमबार १६:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको