कमलामाई मन्दिरको शिलान्यास



ओम प्रकाश यादव
रौतहट, वैशाख १९ । रौतहटको गरुडा नगरपालिका -९ का वडा अध्यक्ष राजेश सहनीले कमलामाई मन्दिरको शिलान्यास गरेका छन।

वडा अध्यक्ष सहनीले गरुडा नगरपालिका -९ रघुनाथपुर गम्हरिया स्थित पोखरीको छेउमा कमलामाई मन्दिरको शिलान्यास गरेका हुन्। शुक्रवार आयोजित एक कार्यक्रमका बिच वडा अध्यक्ष सहनीले लाखौंको लागतमा निर्माण हुने उक्त मन्दिरको शिलान्यास गरेका हुन्।

मधेश प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रालयको २० लाख रुपैयाँ लागतमा निर्माण हुने उक्त मन्दिरको शिलान्यास गरिएको वडा अध्यक्ष सहनीले बताए । प्रदेश सरकारको लागतमा त्यहाँ सुविधा सम्पन्न अत्याधुनिक डिजाइनको कमलामाई मन्दिर निर्माण हुन लागेको उनले बताए।

त्यहाँ मन्दिर निर्माण गर्न वडा बासीले लामोसमय देखि आवाज उठाउँदै आएकोले वडाबासीको कुरालाई मध्य नजर गर्दै उनीहरूकै इच्छा, आकांक्षा र चाहना अनुसार आफू मन्दिर निर्माणका लागि प्रदेश सरकार संग बजेट विनियोजन गराएर काम अगाडि बढाएको वडा अध्यक्ष राजेश सहनीले बताए।

भोलिदेखि नै मन्दिर निर्माणको काम द्रुत गतिमा अगाडी बढाउने उनले बताए। आउँदो यही असार मसान्त भित्रमा मन्दिर निर्माणको काम सक्ने उनले जनाए । मन्दिर निर्माण हुन लाग्दा वडाबासीले निकै हर्षित भएका छन्।

आफू निर्वाचित भएदेखि नै आफ्ना भन्दा वडाबासिको चाहना अनुसारको काम गर्दै आएको उनले बताए। आफूलाई जनताले आफ्ना अमूल्य मत दिएर चुनेकोले आफू जनताकै चाहना अनुसार काम गर्दै जाने उनी बताउँछन् ।

जनतालाई केको आवस्यकता छ त्यो कुराको यकिन गरी उनीहरुको भावना संग खेलवाड नगरी उनीहरूकै इच्छा आकांक्षा अनुसारको काम गर्दै जनताको मन जित्न सफल भएको समेत उनले प्रस्ट्याए।

प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रवार १७:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको