जनकपुरधाम, बैशाख २१ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको १७ औं स्थापना दिवस मनाइएको छ । संघका मधेश प्रदेश समितिका अध्यक्ष जय प्रकाश ठाकुरको अध्यक्षता तथा नेपाली कांग्रेसका धनुषा जिल्ला उप–सभापति गणेश झाको प्रमुख आतिथ्यमा जनक चोकमा मैनबती बालेर स्थापना दिवस मनाइएको छ ।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रीय महामन्त्री किरणकुमार पासवानको विशिष्ठ आतिथ्य तथा प्रदेश महामन्त्री सन्जु भगतको उपस्थितिमा जनक चोकमा अपाङ्ग संघको १७ औं स्थापना दिवस मनाइएको छ ।
सो कार्यक्रमलाई सम्वोधन गर्दै वक्ताहरुले मुलुक निर्माणमा हातेमालो गरेर सवैले बढ्नु पर्ने बताएका थिए । उनीहरुले मुलुक निर्माणमा सवैको भूमिका महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा संविधान संसोधन हुँदा त्यसमा अपाङ्गता भएका फरक क्षमता भएकाहरुकालागि संविधानमै अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका थिए ।




