चार पटक शिलान्यास गरिएको राजविराज वसर्पाक बल्ल भयो तयार

शहरी तथा निर्माण आयोजनाद्वारा नगरपालिकालाई हस्तान्तरण


मनोज माझी
राजविराज, बैशाख २३ । चार पटक त शिलान्यास नै गरीएको राजविराज वसपार्क ८ वर्ष पछी बल्ल तयार भएको छ । २०७४ साल पौष १९ गते देखी निर्माण सूरु गरिएको राजविराज–२ स्थित सुविधा सम्पन्न वसपार्क निर्माण कार्य सम्पन्न भएपछि मंगलवार एक कार्यक्रमबीच सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीले नव निर्मित वसपार्क राजविराज नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

आयोजनाका प्रमुख सुरेन्द्र कुमार साहले वसपार्कको साँचो सहित हस्तान्तरण फारम कार्यवहक नगरप्रमुख इसरत परवीनलाई बुझाएका छन । सो अवसरमा आयोजना प्रमुख साहले कहिले कानुनी झंझट त कहिले कोरोना, निर्माण सामग्री र जनशक्तीको अभाव, प्रतिकूल मौसम लगातयका कारणले निर्माण कार्य सम्पन्न गर्न ढिलाई भए पनि अब निर्माण कार्य सम्पन्न भइसक्दा यस क्षेत्रका जनतालाई व्यवस्थित यातायात सेवा उपलब्ध गराउन सहज हुने बताए ।

नेपाल सरकार शहरी विकास मन्त्रालय अन्र्तगतको शहरी विकास तथा भवन निर्माण विभागको १५ करोड ६० लाखको लागतमा ८ वर्ष लगाएर तयार पारिएको सुविधा सम्पन्न वसपार्कको काठमाण्डौ स्थित सिनर्जी विल्डर प्रा.लि.ले निर्माण कार्य सम्पन्न गरेको हो । वसपार्कमा सेड, घण्टाघर, सर्भिस सेन्टर, टर्मिनल भवन, बैंकब्लक, रेस्टुरेन्ट, डिर्पाटमेन्टल स्टोर, टिकट काउन्टर ब्लक, सोधपुछ कक्षका साथै सुरक्षाका लागी प्रहरी बिट भवनको समेत निर्माण गरिएको छ ।

वसर्पाक भवनको साँचो र हस्तान्तरण फारम बुझ्दै कार्यवाहक नगरप्रमुख इसरत परवीनले राजविराजवासीको वर्षाैको सपना साकार भएको बताईन । उनले निर्माण कार्यमा सहयोग गर्ने सबै प्रति धन्यवाद र आभार ब्यक्त गर्दै अब छिट्टै प्रकृया पु¥याएर बसपार्क संचालनमा ल्याउने प्रतिबद्धता जनाईन ।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी भोला दाहालले बहुप्रतिक्षित वसर्पाकको निर्माण कार्य सम्पन्न गर्न सहयोग गर्ने सबै बधाइको पात्र रहेको भन्दै वसपार्कको अभावमा पाकिङ्ग समस्या, दुर्घटनाको जोखिम र नगरको सौन्दर्यमा समेत नकारात्मक असर परिरहेको अवस्थाको अब अन्त्य भई व्यवस्थित शहर बनाउन मदत पुग्ने विश्वास ब्यक्त गरे ।
वसपार्कको अभावमा राजविराजमा सार्वजनिक सवारी साधन सडक मै पार्किङ्ग हुदा ट्राफिक झमेला बढनुका साथै दुर्घटनाको जोखिम र दिनहुँ जसो जामको समस्या उत्पन्न हुने गरेपछी राजविराज २ राजदेवी मन्दीर नजिकै जग्गाको व्यवस्थापन गरी वसपार्क बनाउने योजना अघि बढाइएको थियो ।

जग्गाको व्यवस्थापन भइसकेपछि पहिलो पटक २०४४ सालमा तत्कालिन प्रधानमन्त्री मरिचमान सिंहले शिलान्यास गरेका थिए । त्यस पछि २०४६ सालमा तत्कालिन अञ्चलाधिश सूर्य बहादुर सेन ओली र २०५२ सालमा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले शिलान्यास गरेका थिए । पछिल्लो पटक २०७४ सालमा शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्र नाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालिन मेयर शम्भु प्रसाद यादवले संयुक्तरुपमा शिलान्यास गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष अरुण यादव, प्रेस युनियन सप्तरीका सभापती विनय कुमार लाल कर्ण लगायतले पनि बोल्दै वसर्पाक निर्माणले व्यवस्थित शहर बनाउन ठूलो मदत पु¥याउने विश्वास ब्यक्त गरे ।

प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार १८:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको