निखिल पासवान
बारा, वैशाख २६ । जनता समाजवादी पार्टी नेपाल बाराको प्रथम जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुको सपथ तथा पदभार ग्रहण आज सम्पन्न भएको छ।
निर्वाचन अधिकृत शंकर साहको अध्यक्षता एवं जसपा नेपालका महासचिव तथा मधेश प्रथमका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा सपथ तथा पदभार ग्रहण सम्पन्न भएको हो । जनता समाजवादी पार्टी नेपाल बारा जिल्लाको प्रथम जिल्ला अधिवेशन बाट रमेश यादव विजयी भएका छन ।
अधिवेशनबाट अध्यक्षमा रमेश यादव, उपाध्यक्षमा शिवेन्द्र प्रताप सिंह र पुनम कुशवाहा , सचिवमा शम्भु कुमार गुप्ता, सह सचिवमा सिकेन्द्र दास र नन्दन गुप्ता र कोषाध्यक्षमा विनोद प्रसाद यादव सहित ५० जना जिल्ला सदस्य निर्वाचित भएका छन ।
वैशाख १३ गते उद्घाटन भएको प्रथम जिल्ला अधिवेशनको मतपरिणाम सोमवार सार्वजनिक भएको थियो ।





