जलेश्वर, बैशाख २८ । नेपाल बुद्धिजीवी परिषद्, मधेश प्रदेशको दोस्रो अधिवेशन जलेश्वरमा सम्पन्न भएको छ।
परिषद्का निवर्तमान अध्यक्ष शम्भु प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व रक्षा मन्त्री ईश्वर पोखरेल थिए।
कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा, केन्द्रीय उपाध्यक्ष द्वय डा. बिधान आचार्य र डा. कमानन्द देव, केन्द्रीय सचिव तथा मधेश प्रदेश इञ्चार्ज डा. अर्जुन कुमार सिंह, नेकपा एमालेका नेता रामदयाल मण्डल, नेकपा एमाले मधेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, महोत्तरी अध्यक्षसहित धनुषाका अध्यक्ष राजा किशोर यादवलगायत दर्जनौं नेताहरूको उपस्थिति थियो ।
वक्ताहरूले आ–आफ्ना धारणा राख्दै परिषद्को भूमिकाको प्रशंसा गरेका थिए भने शुभकामनासमेत व्यक्त गरेका थिए।






