बलरामा कब्रगाहको बौण्ड्रीवाल शिलान्यास



मलंगवा, बैशाख २९ । सर्लाहीको बलरा नगरपालिका-८ गडहिया अवस्थित मुस्लिम समुदायको लागि महत्वपूर्ण मानिने कब्रगाहरकब्रस्थानको (घेरा बेरा) बौन्ड्रीवाल निर्माणकार्य सुरु भएको छ।

सोमबार एक कार्यक्रमका बिच संविधान सभा सदस्य शिवपुजन राय र बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुश्वाहाले संयुक्त रुपमा कब्रगाहको बौन्ड्रीवालको शिलान्यास गरेका हुन।



५ कट्ठा क्षेत्रफलमा रहेको कब्रगाहको बौण्ड्रीबाल निर्माणका लागि नगरपालिकाबाट १० लाख रकम बिनियोजन गरी शिलान्यास गरिएको नगर प्रमुख कुश्वाहाले बताउनु भयो।

यसै आर्थिक बर्ष भित्रमा निर्माणकार्य सम्पन्न गर्ने गरि काम अगाडि बढाईएको निर्माण समितिले जनाएको छ।

नगर प्रमुख कुश्वाहाले सम्पुर्ण वर्ग र धर्मला मान्यता दिई काम गरिरेको बताएका हुन। वहाँले समृद्ध बलरा निर्माणका लागि सबै वर्ग धर्मको साथ सहयोग अपरिहार्य रहेको जिकिर गर्दै सम्पुर्णको साझा बिकासमा नगरपालिका सदैव तात्पर्य रहेको बताए।

प्रकाशित मिति: २०८२ बैशाख २९, सोमबार ११:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको