नगरपालिका विरुद्ध कडा प्रतिवादमा दीपक र अनिल



रौतहट, जेठ ७ । रौतहटको गरुडा नगरपालिकाले एकजना व्यक्तिको बाटो नै छेकेर सडक निर्माण गर्न लागेको भन्दै दुईजना नगर प्रमुख प्रत्यासीले नगरपालिका विरुद्ध कडा प्रतिवादमा उत्रेका छन्

गरुडा नगरपालिकाले गरुडा नगरपालिका (४ गरुडा बजारमा सडक निर्माण गर्दैछन्।

नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले गढीमाई नगरपालिकामा स्थाइ घर भई अस्थायी रूपमा गरुडा बजारमा वर्षौंदेखि बसोबास गर्दै आएका सिकिन्दर यादवको बाटो नै छेकेर सडक निर्माण गर्न लागेको भन्दै नगर प्रमुख प्रत्यासी अनिल कुमार यादव र दीपक यादवले कडा आपत्ति जनाएका छन्।

गरुडा नगरपालिका भन्दा बाहिरको पालिकामा घर भएकोले र गरुडाका भोटर नभएकै कारण नगर प्रमुख जयसवालले सिकिन्दर यादवलाई बाटोबाट वञ्चित गर्न खोजेको नगर प्रमुख प्रत्यासी दीपक यादवले बताए ।

आफ्ना व्यक्तिगत स्वार्थ पूर्तिका लागि नगर प्रमुख जयसवालले गरुडा भन्दा बाहिरका व्यक्तिको बाटो छेक्नु दम्भ र अराजकताको पराकाष्ठा रहेको यादवले बताए।

सिकिन्दर यादव भैंसीको व्यापारी हुन् । उनलाई बाटोबाट वञ्चित गर्न खोजियो नगरपालिकाले ठूलो मूल्य चुकाउनुपर्ने मेयर प्रत्यासी दीपक यादवले चेतावनी दिए ।

आफू सधै शोषित, पिडित र गरिवको पक्षमा आवाज उठाउँदै आएको र जनप्रतिनिधिलाई आफ्ना कामप्रति जवाफदेही बनाउन घच्घच्याउने काम समेत गर्दै आएको उनले बताए।

सिकिन्दर यादवलाई बाटो उपलब्ध गराउन आफू र अर्का नगर प्रमुख प्रत्यासी अनिल कुमार यादव दुवैजना अहिले कानुनी लडाई समेत लडिरहेको उनले बताए।

पीडित सिकिन्दर यादवको न्यायका लागि आफूहरु सडकदेखि अदालतसम्म पुगेर भएपनि उनलाई न्याय दिलाएरै छाड्ने यादवले बताए।

आवाज विहिनको आवाज बन्दै पीडितलाई न्याय दिलाउने काममा सघै अग्रसरता देखाउँदै आएका नेपाली कांग्रेसका नेता एवं गरुडा नगर प्रमुख प्रत्यासी दीपक यादव र अर्को मेयर प्रत्यासी अनिल कुमार यादव दुवै जनाले पीडित सिकिन्दर यादवको न्यायका लागि संघर्षमा रहेकोले अब सिकिन्दरले चाडै न्याय पाउने आशा जागेको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ७, बुधबार १४:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको