काठमाडौं जेठ ७। संघीय लोकतान्त्रिक मोर्चाको बैठक आज बस्दैछ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको अध्यक्षतामा बैठक बस्ने तय भएको जनमतका प्रवक्ता डा. शरद यादवले बताए।
उनका अनुसार बैठक दिउँसो १ बजे जनमत पार्टीको केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बस्नेछ।
समसामयिक राजनीति घटनाक्रम तथा मोर्चाको आगामी कार्यदिशा सम्बन्धमा छ्लफल हुने उनले बताए।
मोर्चाको बैठक यसअघि लोसपाका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको थियो।






