रौतहटमा दिगो वन व्यवस्थापन सम्बन्धी एकदिने तालिम सम्पन्न



ओम प्रकाश यादव
रौतहट, जेठ १० । रौतहटमा दिगो वन व्यवस्थापन तथा सम्वर्द्धन प्रणाली कार्यान्वयन सुदृढीकरण सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय, रौतहटको आयोजना र वन अधिकृत महालक्ष्मी शर्माको संयोजकत्वमा चन्द्रनिगाहपुर स्थित रहेको ए.एन प्लाजा होटलको सभाहलमा शुक्रबार सो तालिम सम्पन्न भएको हो। तालिममा डिभिजन वन कार्यालय, रौतहट तथा मतहतका वन प्राविधिकहरु र सरोकारवालाहरुको विशेष सहभागिता रहेको थियो।



वनका कर्मचारी र प्राविधिकहरुलाई दिगो वन व्यवस्थापन भनेको के हो, यसलाई कसरी व्यवस्थापन गर्ने, यसको लक्ष्य, महत्व र उद्देश्य बारे जानकारी दिने उद्देश्यले यो तालिम दिइएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ। वनका कर्मचारी र प्राविधिकहरुलाई दिगो वन व्यवस्थापन सम्बन्धी राम्ररी ज्ञान भए पछि मात्र काम गर्न सजिलो हुने र वनबाट हुने चोरी, तस्करी नियन्त्रण तथा वनको समेत राम्ररी विकास हुने भएकोले उनीहरुलाई दिगो वन व्यवस्थापन तथा सम्वर्द्धन प्रणाली कार्यान्वयन सुदृढीकरण सम्बन्धी एकदिने तालिम दिइएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रमुख हेमन्त साहले बताएका छन्।

आफ्ना काममा कर्मचारीहरु दक्ष र पूर्ण रूपमा जानकार नभएसम्म काम गर्न सहज नहुने भएकोले कामप्रति जवाफदेही बनाउने उद्देश्यले अनुभवी प्रसिक्षक द्वारा उनीहरुलाई दिगो वन व्यवस्थापन सम्बन्धी तालिम दिन लगाएको जिल्ला वन अधिकृत साहले बताए । वनबाट अधिकभन्दा अधिक फाइदा कसरी लिने, वनको सम्वर्द्धन र संरक्षण कसरी गर्ने भन्ने बारेमा सहभागीहरुलाई तालिम दिइएको उनले बताए।

यस तालिमले जिल्लाको वनको दिगो विकास, संरक्षण तथा वन पैदावारको सदुपयोग हुने वन कार्यालय प्रमुख साहले विश्वास व्यक्त गरेका हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त साहले वनलाई विनाशबाट रोक्नुका साथै भावी पुस्तालाई जस्ताकोत्यस्तै हस्तान्तरण गर्नुपर्ने दायित्व हामी माझ रहेकोले सो दायित्व पूरा गर्न आफू कुनै कसर बाकी नराखेको बताएका थिए । वनको प्रयोग गर्नुभन्दा उपयोग गर्नुपर्ने समेत उनले बताए। कटान भएर आएको उत्पादन जस्ताको त्यस्तै हुनुपर्ने वन कार्यालय प्रमुख साहले जिकिर गरे । रौतहटको वनलाई विनाश हुनबाट जोगाउन आफूले चोरी तस्करी नियन्त्रण गर्ने कार्य कडाइका साथ गरिरहेको उनले जनाए ।

वन फडानी गर्ने, रुख काटेर चोरी गर्नेहरूलाई आफूहरु धमाधम पक्राउ गरी कारबाहीको दायरामा ल्याउने गरिरहेको उनले उल्लेख गरे ।

आफू रहुन्जेलसम्म रौतहटको वन कुनै हालतमा फडानी हुन नदिने गरी काम गरिरहेको उनले दाबी गरे । वन हानि नोक्सानी गर्नेलाई कडा कार्यवाही गर्न आफू वन कार्यालय र मातहतका कार्यालयहरुका कर्मचारीहरुलाई कडा निर्देशन दिसकेको समेत उनले प्रस्ट पारे । वनबाट रुख र काठ चोरी गर्नेलाई कर्मचारीहरुले धमाधम पक्राउ गरी कार्यवाहीको दायरामा ल्याउन थालेपछि पहिलाको तुलनामा अहिले काठ चोरी ह्वात्तै घटेको उनले दावी गरे । कार्यक्रममा वन विज्ञान अध्ययन संस्थान, हेटौडा क्याम्पस, हेटौडाका उप-प्राध्यापक संजीव भट्टराईले कार्यक्रमको विषयवस्तुमा सहजीकरण गरेका थिए।

त्यस्तै कार्यक्रममा क्लियर फेल्लिङ सिस्टम, सेल्टरवुड सिस्टम, सेलेक्सन सिस्टम तथा दिगो वन व्यवस्थापन कार्ययोजना तयारी लगायतका विषयहरुमा व्यापक छलफल भएको बताइएको छ । तालिमका विषयवस्तुहरु समसामयिक र पुर्णरुपले प्राविधिक भएकोले सहभागीहरूले सकृय रुपमा सहभागिता जनाएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।

कार्यक्रममा डिभिजन वन कार्यालय, रौतहट तथा मतहतका वन कर्मचारिहरु, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्य समिती रौतहटका पदाधीकारीहरु, संचारकर्मी लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०८२ जेष्ठ १०, शनिबार १६:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको