पाँच दिन पछि उठ्यो राजविराज नगरको फोहर

सरसफाईकर्मी आन्दोलन रोकेर काममा फर्के


राजविराज, जेठ १२ । योजना अधिकृत सहित ३ जनालाई कारवाही माग्दै राजविराज नगरपालिकाकी कार्यबाहक मेयरले प्रहरीमा दिएको उजुरी फिर्ता तथा धर्नामा वसेका सरसफाईकर्मीले सोमवार आन्दोलन रोकेका छन ।

नगरपालिकाका योजना अधिकृत मनोज यादव सहित आरोपीत ३ जनाले गल्ती स्विकार्दै अब उपरान्त त्यस्तो गतिविधी नगर्ने प्रहरी समक्ष लिखित र मौखिक प्रतिबद्धता जनाएपछि कार्यवाहक मेयरले उजुरी फिर्ता तथा ५ दिन देखी लगातार धर्नामा वसेका सरसफाईकर्मीले आन्दोलन रोकेका हुन ।



आन्दोलन रोकिए संगै विगत पाँच दिन देखी उठन नसकेको नगरको फोहर सोमवार उठाएर व्यवस्थापन गरिएको छ । कार्यवाहक मेयर परवीनले पाँच दिन अघि कार्यालयमा उपद्रव मचाएका योजना अधिकृत यादवका साथै राजविराज १३ का गजेन्द्र यादव र राजविराज ९ का सुधिर यादवले अघिल्लो दिन आईतवार साँझ जिल्ला प्रहरी कार्यालयमा उस्थित भई प्रहरीका अधिकारीहरुको समेतको उपस्थितीमा गल्ती स्विकार्दै अब उपरान्त त्यस्तो गल्ती न गर्ने लिखीत र मौखिक प्रतिबद्धता जनाएपछि उनीहरु विरुद्ध यस अघि जिल्ला प्रहरी कार्यालयमा दिइएको सार्वजनिक भौतिक संरचनाको अनाधिकृत कब्जा, विनाश एवं आपराधीक उपद्रव मुद्दा सम्बन्धि उजुरी फिर्ता लिएको जानकारी दिईन ।

योजना अधिकृत यादवले आफुहरुलाई समेत गाली गलौज र अभद्र ब्यवहार गरेको भन्दै सरसफाईकर्मी समेत काम छाडेर नगरपालिकाको प्रवेशद्वार मै कुचो थुपारेर धर्नामा वस्दै आएका थिए । जसकारण फोहर उठन न सकेर नगर दुर्गन्धित बन्दै गएको थियो । सोमवार कार्यालय परिसर मै पुगेका योजना अधिकृत यादवले आन्दोलनरत सरसफाईकर्मीहरु सित समेत गल्ती स्विकार्दै अब उपरान्त त्यस्तो गल्ती न हुने प्रतिबद्धता जनाएका थिए । त्यस पछी कार्यावाहक मेयर परवीनले सरसफाईकर्मी संग काम फर्कन आग्रह गरेकी थिइन ।

यस अघि सरसफाईकर्मीले कार्यालयमा उपद्रव गर्ने तथा आफुहरुलाई गाली वेइज्जत गर्ने योजना अधिकृत यादवलाई कारवाही र अन्यत्र सरुवा गर्न माग गर्दै नगरपालिकाको मुल गेट मै कुचो राखेर धर्नामा वस्दै आएका थिए । उनीहरुले योजना अधिकृत यादवमाथी कारवाही हुनु पर्ने एक सुत्रिय माग अघि सारेका थिए ।

नगरको सरसफाई कार्य रोकेर सरसफाईकर्मी आन्दोलनमा उत्रेपछि नगरको ठाउँ ठाउँमा फोहरको डंगुर जम्मा भई दुर्गन्ध फैलिन थालेको थियो । जसबाट रोग फैलिन सक्ने सम्भावना बढदै गएपछी स्थानीय प्रशासनले समेत आवश्यक पहल थालेको थियो ।

कार्यालयमा उपद्रव गरेको आरोप लागेका योजना अधिकृत यादव सहित ३ जनालाई प्रहरीमा झिकाइए पछी गल्ती स्विकार्दै अब उपरान्त त्यस्तो न नगर्ने लिखित र मौखिक प्रतिबद्धता जनाएपछी समस्या समाधानको बाटो खुलेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ १२, सोमबार १८:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको