अफताव आलमको मुद्दा फैसला उच्च अदालतले उल्ट्यायो



काठमाडौँ, जेठ १४ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मुद्दा उच्च अदालत वीरगन्जले उल्ट्याएको छ । बुधबार न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।

उनीमाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । उनलाई अहिले केन्द्रीय कारागारमा राखिएको छ । फैसला उल्टिएसँगै उनी थुनामुक्त हुनेछन् ।



यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो ।

प्रकाशित मिति: २०८२ जेष्ठ १४, बुधबार १८:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको