निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



बारा, जेठ १५ । निःशुल्क स्वास्थ्य शिविर सम्पन्न सम्पन्न भएको छ । गणतन्त्र दिवसको अवसरमा सिमरामा रहेको एभर ग्रीन तराई सिमरा हस्पिटलले निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न गरेको छ ।

शिविरमा मधुमेह (डायबेटिज), रक्तचाप (ब्लड प्रेसर), स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, जनरल सर्जरी र बाल रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरूद्वारा सेवा प्रदान गरिएको थियो । शिविरमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म स्वास्थ्य परीक्षण सेवा दिइएको थियो ।



१६४ जना पुरुष र ६३ जना महिला गरी जम्मा २२७ जना बिरामीहरूले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न स्वास्थ्य परीक्षण गराएको अस्पतालका प्रतिनिधि रञ्जन साहले जानकारी दिए । सहभागीहरुले विशेषज्ञ सेवा निःशुल्क पाउनु आफूहरुका लागि निकै लाभदायक रहेको बताएका छन् ।

प्रकाशित मिति: २०८२ जेष्ठ १६, शुक्रबार ०७:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको