जनकपुरधाम, जेठ १८ । जनता समाजवादी पार्टी नेपाल निकट नेपाली समाज मलेसियाको अध्यक्षमा विनोद यादव चयन भएका छन ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा मलेसियामा आज सम्पन्न भेलाले विनोद यादवको अध्यक्षतामा ३१ सदस्यी कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा युवराज चौलागाँई, दावाङ नुरी शेर्पा, महासचिवमा विप्लवी तेन्जु योञ्जन, सचिवमा विक्रम याख्खा, उपसचिवमा रामप्रवेश राय, घुरण ठाकुर चयन भएका छन ।
त्यसै गरि सदस्यहरुमा जगनारायण यादव, ब्रह्मदेव मण्डल, श्रीराम मण्डल, श्यामसुन्दर यादव, सुरेश कुमार यादव , राम विनय शाह , रंजित सन्त लगायत रहेको नवनिर्वाचित अध्यक्ष विनोद यादवले जनाएका छन ।
विनोद यादवको अध्यक्षतामा भएको भेलामा मलेसियाका लागि नेपाली राजदुत नेत्र प्रसाद तिम्लसिन्ना, जसपा नेपालका अन्तराष्ट्रिय विभाग प्रमुख अर्जुन थापा, सेन्टर फर साउथ काठमाण्डौका निर्देशक निश्चलराज पाण्डे, जसपा नेपालका कार्यकारिणी सदस्य एवं मधेश प्रदेश सभा सदस्य राजकुमार गुप्ता (राजु) , आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष विपेन राइ डेमोक्रेटिक एक्सन पार्टीका अन्तराष्ट्रिय सचिव कस्तुरी रानी पट्टु सहितको उपस्थिति रहेको थियो ।
नेपाली समाज मलेसियाको कार्यक्रममा सहभागी ह्ुन जसपा नेपालका अध्यक्ष यादव सहितको टोली हिजै मलेसिया पुगेको छ ।






