मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा झा नियुक्त



जनकपुरधाम, जेठ २० । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ निवासी अवधेशकुमार झालाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका छन्।

मुख्यमन्त्री सिंहले झालाई मंगलबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय झा बिगत २५ वर्षदेखी मधेशको राजनीतिक तथा सामाजिक विषयमा कलम चलाउँदै आएका छन्।



प्रेस सल्लाहकारमा नियुक्त भएकोमा झालाई आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गासहित विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २०, मंगलवार १९:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको