डिभाईडरमा ठोकिएर मोटरसाइकल चालकको मृत्यू



मनोज माझी
राजविराज, जेठ २२ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिकामा मोटरसाइकल दुर्घट्ना हुँदा चालकको मृत्यू भएको छ भने मोटरसाईकल सवार अर्का एकजना गम्भिर घाइते भएका छन् ।

सुरुङ्गा नगरपालिका ६ स्थित करडवोना चौकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ का मोटरसाइकल चालक १९ बर्षीय सुजित कुमार चौधरीको मृत्यु भएको हो ।

दुर्घट्नामा मोटरसाइकालमा सवार सोही वडाका २१ बर्षीय अभिषेक चौधरी गम्भिर घाइते भएका छन् उनको सिरहा स्थित धामनी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरान लगिएको प्रहरीले जनाएको छ ।

राति ९ बजेतिर पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको बा ८७ प ९९७ नम्बरको मोटरसाइकल तिब्र गतिका कारण आफै अनियन्त्रित भई सडकमा राखिएको डिभाइडरमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

मृतक चौधरीको शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय करोडवोनाको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ २२, बिहीबार १७:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको