निर्जला एकादशीमा ग्लुकोज पानी



जनकपुरधाम, जेठ २३ । जनकपुर–निर्जला एकादशीको अवसरमा मारवाडी युवा मञ्च जनकपुरले नौं स्थानमा ग्लुकोज पानी र खानेपानी वितरण गरेको छ ।

मारवाडी युवा मञ्चका अध्यक्ष राहुल सिंघानियाका अनुसार निर्जला एकादशीको दिन शुक्रबार जनकपुरको बस स्टेन्ड, भ्रमरपुरा चोक, शिव चोक, भानु चोकमा दुई ठाउ“मा, हस्पिटल रोड, भुतनाथ मन्दिर तथा माहावीर युवा कमिटीको सहकार्यमा राजदेवी मन्दिरअगाडी पनि ग्लुकोज पानी र खानेपानी वितरण गरिएको छ ।

हायलकायल बनाउने बढ्दो गर्मी र चर्को घामबाट राहत होस भने उदेश्यले ग्लुकोज पानी र चिसो पिउने पानी वितरण कार्यलाई निरन्तरता दिईने अध्यक्ष सिंघानियाले जानकारी दिए । उनले शनिबार निर्जला एकादशीमा ग्लुकोज ,जानकी मन्दिरमा ११ बजेदेखि १ बजेसम्म निशुल्क भोजन खुवाइने पनि बताए । निशुल्क भोजन हरेक शनिबार जानकी मन्दिर परिसरमा आयोजना गरिने मारवाडी युवा मञ्चका अध्यक्ष सिंघानियाले बताए ।

प्रकाशित मिति: २०८२ जेष्ठ २३, शुक्रबार १९:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको