कांग्रेसी गुण्डागर्दी र प्रहरी प्रशासनको ज्यादती विरुद्ध ५ दल एक साथ



सर्लाही, जेठ २५ । नेपाली कांग्रेसका गुण्डागर्दी र प्रहरी प्रशासनको ज्यादती विरुद्ध ५ दल एक साथ आएका छन।

बिगत केही समय देखि नेपाली कांग्रेसका नेता कार्यकर्ताले आम सर्वसाधारणलाई कुटपिट देखि लिएर सत्ता , शक्तीको आडमा झुठा मुद्दा दर्ता गराई अतिरंजित बनाएको भन्दै ५ दल एक साथ आएका छन।

नेकपा एमाले , नेकपा माओवादी केन्द्र , जसपा नेपाल र जसपा , नेसपाले संयुक्त बिज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनलाई सचिन आग्रह गरिएको छ।

सर्लाही जिल्लामा केही व्यक्तिहरु तथा बिचौलियाहरुको इसारामा जिल्लाको शान्ती सुरक्षा खलबल्लाउने तथा राजनितिकरण गर्ने उद्देश्यले प्रहरी प्रशासनद्धारा निर्दोष व्यक्तिहरु माथि झुट्ठा मुद्दा दर्ता भई रहेको भन्दै निर्दोष व्यक्तिहरु माथि दर्ता गरिएका झुट्टा मुद्दा फिर्ता लिई प्रकाउ गरिएका व्यक्तिहरुलाई अविलम्ब रिहाईको माग गर्दै आमजनताले शान्ति सुरक्षा तथा न्यायको अनुभुति कायम गर्न बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ २५, आईतवार १९:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको