बरहथवा नगरपालिका अगाडी आमरण अनसन



सर्लाही, जेठ ३० । जनमत पार्टीको बरहथवा नगर कमिटीका अध्यक्ष राजन सिंहले पाँच बुंदे माग सहित बरहथवा नगरपालिका कार्यालय अगाडि आमरण अनसन सुरु गरेका हुन् ।

२०८० पुस २० गते प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको स्तरोन्नतिको विषयलाई लिएर भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर जय शंकर साह मृत्युु भएको थियो।

साहको मृत्यु पछि जिल्ला प्रशासन कार्यालयमा भएको सहमति कार्यान्वयन नभएपछी जनमतका नगर अध्यक्ष सिंह आमरण अनसन सुरु गरेका छन। अनसनको आज दोस्रो दिन हो।

सिंहले जयशंकरको सालिक निर्माण र जयशंकरकै नामबाट बरहथवा नगर अस्पतालको नामाङ्करण गर्नुपर्ने माग रोखका हुन् । यस्तै बरहथवा नगर अस्पतालबाट सरकारले तोकेको निःशुल्क औषधि उपलब्ध गराउन, बरहथवा नगरपालिकाको ३ वर्षको आय–व्यय विवरणसहित सार्वजनिक गर्न र नगर अस्पताल निर्माण गर्न निकास गरिएको बजेटको खर्चको अवस्था सार्वजनिक गर्न समेत माग गरेका छन् ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३०, शुक्रबार १९:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको