
जनकपुरधाम, जेठ ३१ । विश्व रक्तदाता दिवसको अवसरमा जानकी एकेडमी अस्पतालले रक्तदान सम्पन्न गरेको छ । रेडक्रसमा देखिएको रक्त अभावलाई ध्यानमा राख्दै जानकी एकेडमी अस्पताल पर्सा देवाड महोत्तरीले विश्व रक्तदाता दिवसको अवसरमा आयोजना गरेको रक्तदानमा ८३ जनाले रक्तदान गरेको अस्पतालका व्यवस्थापक संजय यादवले जनाएका छन ।
रक्तदानमा सबै उमेर समूहको व्यक्तिहरुको सहभागिता रहेकोले रक्तदान प्रति सर्वसाधारण लाई जागरुक बनाउने काम समेत गरेको उनले बताए ।



रक्तदानको अवसरमा जसपा केन्द्रिय कार्यकारिणी सदस्य डा. सुरेन्द्र यादवको प्रमुख उपस्थितिमा भएको रक्तदानमा महोत्तरीका उक्त क्षेत्रका गन्यमान व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । रक्तदानमा जानकी एकेडमीका स्वास्थ्यकर्मीहरुका साथै स्थानीयबासीहरुको समेत सहभागिता रहेको थियो ।
बिरामीको उपचारमा बाधा
विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान
मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा रगतको अभावले गम्भीर स्वास्थ्य संकट उत्पन्न भएको छ। विशेष गरी जनकपुरधाम, बिरगञ्ज, सर्लाही, सिराहा र महोत्तरीका अस्पतालहरूमा दैनिकजसो रगतको माग उच्च रहे पनि रक्तदान गर्ने व्यक्तिको संख्या न्यून हुँदा सेवामा अवरोध आएको छ। रक्तसञ्चार केन्द्रहरूमा मागअनुसारको रगत उपलब्ध गराउन नसक्दा सुत्केरी, शल्यक्रिया र दुर्घटनामा परेका बिरामीहरू उपचारबाट वञ्चित भइरहेका छन्।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालका अनुसार दैनिक कम्तीमा २५ देखि ३० पिन्ट रगतको आवश्यकता पर्छ, तर रक्तदानकर्ताको कमीले आधा मात्र आपूर्ति भइरहेको छ। गर्मीको मौसम, चाडपर्वको समय र जनचेतनाको अभाव प्रमुख कारणका रूपमा देखिएका छन्। साथै, कोरोना महामारीपछिको मानसिक त्रास र असंलग्नताले पनि रक्तदान दर घटाएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
स्थानीय स्वयंसेवी संस्था तथा सामाजिक संघसंस्थाहरूले रक्तदान कार्यक्रम सञ्चालन गरिरहेका भए पनि त्यसले स्थायी समाधान दिन सकेको छैन। यसका साथै, सरकार तथा स्वास्थ्य निकायहरूबाट दीर्घकालीन रणनीति, जनचेतना अभियान र नियमित रक्तदानलाई प्रोत्साहन गर्ने कार्यक्रमको अभाव पनि महसुस भइरहेको छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार अबको अवस्थालाई सहज बनाउन सामुदायिक सहभागिता, विद्यालय र क्याम्पसस्तरबाट रक्तदानको चेतना अभिवृद्धि, मोबाइल ब्लड डोनेसन युनिट स्थापना, र सरकारी संयोजनमा नियमित रक्तदान क्याम्प आवश्यक छ। अन्यथा, मधेशमा रगतको अभावले मृत्युको कारण बन्ने सम्भावना अझै बढ्नेछ।