चोरी, डाँकाका फरार प्रतिवादी पक्राउ



श्यामकुमार ठाकुर
सिरहा, असार १ । जिल्ला प्रहरी कार्यालय सिरहाले एकजना चोरी, डाँकाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।  चोरी, डाँका, शरीर वन्धक तथा संगठित अपराध मुद्दाका प्रतिवादी लहान नपा २०का ४५ वर्षीय श्रीदेव महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

२०७९ चैत १४ गते फरार रहेको महतोलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विरेन्द्र कुमार पासवानले जनाएका छन ।

२०७९ चैत १४ गते राती गोर्खाज फाईनान्स लिमिटेडमा भएको लुटपाटको घटनामा संलग्न रहेको आरोपमा महतोलाई पक्राउ गरि अदालतमा हाजिर गराएको छ ।

उक्त घटनामा चोरी, डाँकाका फरार प्रतिवादी महतो सहितकाले दुई लाख सन्ताउन हजार दुई सय उनानसी नगद सहित ३ थान मोबाइल लुटेको आरोप छ ।

प्रकाशित मिति: २०८२ असार १, आईतवार १८:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको