काठमाडौं, असार २ । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले आजपनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका छन् ।
सोमबार सभामुखदेवराजघिमिरेले बैठक सुरु गरेलगत्तै रास्वपा र राप्रपाका सांसदहरू आ–आफ्नो ठाउँबाटउठेर विरोध गरेकाहुन् ।
यद्यपी, सभामुखले प्रतिपक्षी दल रास्वपा रराप्रपाको बहिष्कारबीचप्रतिनिधिसभा बैठक अगाडिबढाएकाछन् ।संसद् अगाडिबढेपछि राप्रपाका सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएकाछन् ।यसैबीचभिजिटभिसाप्रकरणको छानबिनकालागि समितिगठन गर्नुपर्ने र गृहमन्त्री रमेशलेखकले राजीनामादिनुपर्ने मागगर्दै आएको अर्कोप्रतिपक्षीदल राष्ट्रिय स्वतन्त्रपार्टी(रास्वपा) का सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरिरहेकाछन् ।
सभामुखघिमिरेले भने सत्तापक्षका सांसदहरूलाई बजेटमाथिको छलफलमाभागलिन समयदिइरहेकाछन् ।






