रौतहटको एक गाउँपालिकाका पूर्व अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी



ओम प्रकाश यादव
रौतहट , असार ५ । रौतहटको एक पालिकाक पूर्व अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। जग्गा सम्बन्धी ठगी मुद्दामा जिल्ला अदालत रौतहटले दुर्गा भगवती गाउँपालिकाका पूर्व अध्यक्ष अरुण कुमार साहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

जग्गा सम्बन्धी रकम ठगी गरेको मुद्दामा पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भएकोले इलाका प्रहरी कार्यालय गरुडाले जिल्ला अदालत गौरसंग अनुमति माग गरे बमोजिम जिल्ला अदालत रौतहटले साहलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय गरुडालाई पक्राउ पूर्जी दिएको हो।

जग्गा जमीन सम्बन्धी ठगी प्रकरणमा जोडिएका गाउँपालिका पूर्व अध्यक्ष साह सहित तीनजना माथि अदालतले प्रकाउ पूर्जी जारी गरेको हो ।

पर्साको बिरगंज महानगरपालिका (४ घर भई काठमाण्डौको नागार्जुन नगरपालिका (४ का विमला देवी श्रेष्ठ र सोही वडाका धीरज श्रेष्ठलाई पनि पक्राउ गर्न अदालतले प्रहरीलाई पक्राउ पूर्जी अनुमति दिएको हो।

गरुडा नगरपालिका –६ पोठियाहीका संतोष कुमार चौधरीले काठमाण्डौ नागार्जुन नगरपालिका –४ का विमला देवी श्रेष्ठ र धिरज श्रेष्ठलाई सर्लाही जिल्लाको हरिपुर नगरपालिका – ७ मा रहेको जग्गा खरिदका लागी भएको सम्झौता बमोजिम विभिन्न चरणमा १ करोड ४३ लाख रकम नगद र चेक मार्फत बुझाएका थिए ।

सो जग्गा खरिदविक्रीमा जोडिएका पूर्व गाँउपालिका अध्यक्ष साहले बैंक मार्फत १० लाख रुपैंया लिएर चौधरीको नाममा जग्गा पास गराइदिने आश्वासन दिएका थिए ।

जग्गा खरिदकर्ता चौधरीले आफ्ना ससुरा प्रभन्य चौधरीको नाममा रहेको नेपाल बैंक लिमिटिडको चेक मार्फत २०८१ भदौ १९ गते अरुण कुमार साहलाई चेक दिए पनि उनले जग्गा पास नगराएर आलटाल गर्दै आएको भन्दै चौधरीले पीडक विमला श्रेष्ठ, धिरज श्रेष्ठ र अरुण कुमार साह गरी तीनैजना माथि १ करोड ४३ लाख ५० हजार ठगी गरेको भनी ठगी मुद्दा दायर गरेका थिए ।

जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेसँगै प्रहरीले अब दुर्गा भगवती गाउँपालिकाका पूर्व अध्यक्ष अरुण कुमार साहलाई पक्राउ गर्ने तयारी गरेको छ।
साह सहित तिनै जनालाई पक्राउ गर्ने प्रहरीको तयारी छ।

प्रकाशित मिति: २०८२ असार ५, बिहिवार १९:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको