सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, पसलहरु पुनः सञ्चालनमा



काठमाडौं, असार ५ । सरकारले माग सम्बोधन नगरेपनि सुनचाँदी व्यवसायीको आन्दोलन हालका लागि स्थगित गरेका छन् ।

बुधबार सम्पन्न संयुक्त राष्ट्रिय भेलाले आन्दोलन रोक्ने निर्णय गरेपछि बिहीबारदेखि काठमाडौँसहित बागमती प्रदेशका पसल पुनः सञ्चालनमा आएका छन् ।



महासंघले असार मसान्तसम्मका लागि अल्टिमेटम दिएको छ । व्यवसायीले सुनमा लगाइएको २५ विलासिता कर र हिरा–रत्नमा लगाइएको १३५ भ्याट हटाउन, साथै नेपाल–भारतबीच सुनको भन्सार दर समान बनाउन सरकारलाई आग्रह गरेका छन् । माग सम्बोधन नभए सशक्त आन्दोलनको चेतावनी दिइएको छ ।

प्रकाशित मिति: २०८२ असार ५, बिहीबार १४:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको