एजेन्सी, असार ७ । विधानसभा चुनाव अघि बिहारका मुख्यमन्त्री नितिश कुमारले महिलाहरुको लागि ठुलो सौगातको घोषणा गरेका छन ।
मुख्यमन्त्री नितिशले समाजिक संजाल एक्समा पोस्ट गर्दै सामाजिक सुरक्षा पेन्सन योजना अन्तर्गत, सबै वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिहरू र विधवा महिलाहरूले अब प्रत्येक महिना ४०० रुपैयाँको सट्टा ११०० रुपैयाँ पेन्सन पाउने जनाएका छन ।
सबै लाभार्थीहरूले जुलाई महिनादेखि बढेको दरमा पेन्सन पाउनेछन् । नितिश कुमारले भने कि यो रकम महिनाको १० तारिखमा सबै लाभार्थीहरूको खातामा पठाइनेछ ।
विधानसभा चुनाव अघि घोषणा गरिएको योजनाले १ करोड ९ लाख ६९ हजार २५५ लाभार्थीहरूलाई फाइदा पुग्ने जनाइएको छ । मुख्यमन्त्री नितिशले भने ,‘वृद्धवृद्धाहरू समाजको बहुमूल्य हिस्सा हुन् र उनीहरूको सम्मानजनक जीवन सुनिश्चित गर्नु हाम्रो सर्वोच्च प्राथमिकता हो । राज्य सरकारले यस दिशामा प्रयास गरिरहनेछ ।’




