बैदेशिक रोजगारीबाट फर्केका युवालाई सिपमार्फत उत्पादनमा जोड्ने प्रयास



जनकपुरधाम, असार ८ । बैदेशिक रोजगारीबाट फर्केका युवालाई सिप मार्फत उत्पादमा जोडने उद्देश्यका साथ मुखियापट्टी मुसहरनीया गापामा पाँच दिने तरकारी खेती उन्नत प्रविधि तालिम शुरु भएको छ ।

रेमि परियोजना अन्तर्गत “सिप, प्रविधि, ज्ञान र अनुभवको स्वदेशमै प्रयोग गरौं, फर्केका व्यक्तिलाई सम्मान र विप्रेषणलाई उत्पादनशील उपयोग गरौं” भन्ने नारासहित बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूका लागि तालिम शुरु भएको छ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ को कोल्हुवा स्थित वडा सभाहलमा सञ्चालन गरिएको तालिम २०८२ साल असार ७ गतेबाट सुरु भई ११ गतेसम्म चल्नेछ। रोजगारी व्यवस्थापनका लागि छोटो अवधिको सिप विकास अन्तर्गत आयोजित तालिममा २० जना सहभागी रहेका छन्।

कार्यक्रमको अध्यक्षता वडा नं ४ का वडा अध्यक्ष उदय चन्द्र झाले गरेका थिए। उपाध्यक्ष शैदा खातुन प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्। तालिमको प्रशिक्षण कृषि प्रसार अधिकृत राजेन्द्र प्रसाद यादव र बागबानी अधिकृत लाल कुमार साहले दिइरहेका छन्।

वडा अध्यक्ष झाले उद्घाटन मन्तव्यमा कृषि उपजको भण्डारणका लागि गाउँपालिकाले पहल गरिरहेको जानकारी दिएका थिए। उनले वैदेशिक रोजगारीबाट फर्किएर तरकारी खेतीमा लागेका एक युवाको कथा पनि सुनाए।

प्रमुख अतिथि उपाध्यक्ष खातुनले स्वदेशमै युवाको सीप विकास गरि रोजगारी सिर्जना गर्नु आजको आवश्यकता भएको बताइन्। “सिप विकास तालिम मार्फत फर्केका युवालाई पुनः समाजमा स्थापित गर्ने र कृषि क्षेत्र उत्पादनमुखी बनाउने अभियानमा गाउँपालिका प्रतिवद्ध छ,” उनले भनिन्।

प्रकाशित मिति: २०८२ असार ८, आइतवार ०९:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको